• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

पत्रकार ओझाको ‘संसारै बैमानी’ सार्वजनिक (भिडियो सहित) 

काठमाडौं । दि काठमाडौं पोस्टमा कार्यरत पत्रकार अनुप ओझाको दोस्रो गीत ‘संसारै बैमानी’ सार्वजनिक भएको छ । अघिल्लो वर्ष ‘वारीको डाडामा म’ सार्वजनिक गरेका अनुपले यसपटक ‘संसारै बैमानी’ लिएर आएका हुन् । 

 

अनुपको अघिल्लो गीतमा अवसरको खोजीमा देश छोडेर गएका साथीको सम्झनामा पोखिएको थियो । गीतले परदेश पस्ने तन्नेरीहरुलाई बालापनको याद दिलाईदिएको थियो भने परदेशिएका साथी संगी सम्झेर गाउ“मै बसीरहेका तन्नेरीको मनको भाव बाहिर ल्याईदिएको थियो । 

 

अनुपको दोस्रो गीतमा भने दशक लामो द्वन्द्व र संक्रमणबाट गुज्रिएको नेपाली समाज, अवसरको खोजीमा विदेशीने तन्नेरी र यही उपक्रममा बैमानीको पासोमा परेर बदलिन बाध्य भएको तन्नेरीको परिवर्तन समेटिएको छ । ईमानको खडेरी परेको यो समयमा अनुपले बैमानीहरुको बोलबाला रहेको सत्यलाई गीतमार्फत अगाडी ल्याएका छन् । ईमानमा चल्नेहरु कसरी दबिएका छन र उनीहरुको ईमानमाथी नै बैमानीहरुले कसरी हिलो छ्यापीरहेका छन भन्नेबारे अनुपले यो गीतमार्फत जिवन्त चित्रण गरेका छन् । 

 

गीतको भिडियोमा फिल्म ‘हरी’का निर्देशक सफल केसी र प्रतिक गुरुङको निर्देशन छ । ५ मिनेट ३५ सेकेन्डको यो म्युजिक भिडियो म्याड हाउसले उत्पादन गरेको हो भने यसको छायांकन काठमाडौंको चम्पादेवी गाउ“को विभिन्न स्थानमा गरिएको थियो । 

 

म्युजिक भिडियोको कोरियोग्राफी अष्ट्रेलियामा रहेको दि नेक्स्ट नामक नृत्य समुहको नेतृत्व गरिरहेका प्रदिप लामाले गरेका हुन् भने मुर्तजा शाहको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा कलाकार बिजय बराल, प्रकाश गन्र्धव, प्रकाश दाहाल, भावना थापा, सुरज चौलागाई, दिपराज विक र गायक÷रचनाकार अनुप स्वंयमले अभिनय गरेका छन् । गीतमा भानुभक्त ढकाल र झुमा लिम्बुको स्वरले पनि साथ पाएको छ ।  

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार