• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

शिव परियारको ‘भेट हुँदा’ सार्वजनिक(भिडियो सहित)

काठमाडौं । चर्चित गायक शिव परियार मंगली भाग २  लिएर दर्शक सोर्ता माझ आएका छन ।  १ वर्ष अघि सार्वजनिक मंगलीको म्युजिक भिडियोलाई दर्शकले ८० लाख बढी पटक हेरिसकेका छन। 

 

प्रलाद शाह प्रस्तुतकर्ता रहेको  ‘भेट हुँदा’  बोलको नयाँ गीतलाई गीतकार शाहले नै लेखेका हुन । गीतमा  चर्चित गायक शिव परियारको स्वर रहेको छ भने संगीत शंकर थापा स्माइलले दिएका छन  । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन ।

 

भिडियोमा कार्टुन क्रुज समुहका मुख्य कलाकार सरोज अधिकारी र आश्मा बिश्वकर्मालाई  देख्न सकिन्छ ।

 

गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियोलाई सम्पादन गरेका हुन । शान थापाको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो ।

 

भिडियो:

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार