• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

पत्रकार अधिकारी १५ हजार राशी सहित पुरस्कृत

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको सातौँ  ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ का अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ठ योगदान पुर्‍याउने एबिसी टेलिभिजनकी समाचारवाचिका सन्तोषी अधिकारी पुरस्कृत भएकी छिन् ।

 

अधिकारीलाई सम्मान स्वरुप रु. १५ हजार राशीको पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका छन् । अधिकारीले विगत १४ वर्षदेखि पत्रकारिता शुरु गरेकी हुन् । उनले एभिन्युज टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन हुँदै हाल एबिसी न्युज टेलिभिजनमा समाचारवाचिका एवं कार्यक्रम निर्माता, प्रस्तोताको रुपमा काम गर्दै आएकी छिन् ।

 

हाल उनले एबीसी टेलिभिजनमा समाचार वाचनका साथै स्वास्थ्य विज्ञानसंग सम्बन्धित कार्यक्रम आवर हेल्थ सञ्चालन गर्दै आएकी छन् । उनका विज्ञानसँग विभिन्न अनुसन्धानमुलक लेख र रचनाहरु प्रकाशित भएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार