• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

फिफा वरीयतामा नेपालको पाँच स्थान सुधार

काठमाडौं । फिफा वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो । नेपाल नयाँ वरीयतामा १६१ औँ स्थानमा उक्लन सफल भएको छ । यसअघि फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल १६६ औँ स्थानमा रहेको थियो ।

 

कतारमा सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले हालै समूह चरण अन्तर्गत कुवेत र चाईनिज ताइपेसँग खेलेको थियो । जसमा नेपालले कुवेतसँग ७(० को हार व्यहोर्दा ताइपेलाई २-० ले पराजित गरेको थियो ।

 

दक्षिण एसियाको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको माल्दिभ्स १ सय ५३ औ स्थानमा छ । भारत १ सय ४ औं स्थानमा छ । नेपाल भन्दा तल रहेको भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८७, पाकिस्तान २ सय ३ र श्रीलंका २ सय २ औं स्थानमा रहेका छन् ।

 

वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । फ्रान्सले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । इंग्ल्यान्ड चौथो स्थानमा यथावत छ । पोर्चुगल उरुग्वेलाई उछिन्दै पाँचौ स्थानमा पुगेको छ । स्पेन क्रोएसिया र कोलोम्बियालाई उछिन्दै सातौंमा छ । दशौं स्थानमा अर्जेन्टिना यथावत छ । एसियालि वरियतामा चौथो रहेको अष्ट्रेलियाभन्दा अगाडी इरान २३ औं, जापान ३१ औं र दक्षिण कोरिया ३७ औं स्थानमा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार