• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

सरकार आफैं राज्यमा आतंक सिर्जना गर्न खोज्दै छ : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

 

कांग्रेसको दोस्रो चरणको जागरण अभियानमा बाँके सभापति किरण कोइरालाको हात भाँचिएको भन्दै देउवाले मुलुकमा चौतर्फी असुरक्षा बढेको बताएका छन् । 'जागरण अभियानको क्रममा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँचिदिएको छ। हलभित्र कार्यक्रम गर्दा पनि वृद्ध महिलाको हात भाँचिन्छ भने भने तपाईंको राज्यमा को सुरक्षित छ ' बजेट अधिवेशनको अन्त्यमा बिहीबार प्रतिनिधिसभामा सभापति देउवाले भने ।

 

सरकार विकास निर्माणमा सुस्त छ, भ्रष्टाचार बढेको छ,’ । अहिलेकै सरकारको पालामा वाइडबडी काण्ड, सुनकाण्ड, बालुवाटार जग्गा काण्डजस्ता ठूला भ्रष्टाचारका घटना भएको भन्दै उनले सिंगो राज्य संरचना नै भ्रष्टीकरण भएको दाबी लगाए । उनले भने, ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा उन्मुक्ति दिनुहुन्न छानबिन गर्नुपर्छ ।

 

सरकारले संविधानको मर्म र भावनाअनुसार काम नगरेको तथा डेढ वर्षसम्म संविधानलाई सर्वस्वीकार्य बनाउन, संविधानप्रति जनताको अपनत्व कायम गर्न र संविधानको मर्म र भावनाअनुसार बाँकी कार्यभार पूरा गर्न असफल भएको देउवाले बताए ।

 

देउवाले सरकार विकासमा सुस्त रहेको दाबी गर्दै ठूला भ्रष्टाचारको काण्ड ढाकछोपमा भने अग्रस्थानमा रहेको बताए । 'सबैभन्दा बढी भ्रष्टाचारका घटना यही डेढ वर्षमा भएका छन् । वाइडबडीदेखि बालुवाटारसम्म । कसैलाई उन्मुक्ति दिनुहुन्न, भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिपक्षीले पनि सहयोग गर्छ,' उनले भने ।

 

सरकारले न्यायपालिका र संसदलाई खेलौना बनाउने काम गर्दैछ ।  ‘मानव अधिकार आयोगलाई सरकार नियन्त्रणमा लिन खोज्दैछ,’ उनले भने, ‘अधिकार बाँडफाँट स्थानीय तहदेखि प्रदेशमा हुन सकेको छैन। सरकार सर्वशक्तिमान बन्दैछ।’

 

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारी र हत्या पत्ता लगाउन सरकारले किन नचाहेको हो भनेर पनि देउवाले प्रश्न गरे। सरकारले प्रेस जगतलाई दुस्ख दिएको पनि उनले आरोप लगाए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार