• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
श्रृङगार

कोटेश्वरमा मानन्धर र ठकुरीले ल्याए 'रिगल व्युटी स्टेशन' संचालनमा

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित सेती ओपी मार्गमा रिगल व्युटी स्टेशन संचालनमा आएको छ ।

 

दुई महिला व्यवसायी बबिता मानन्धर कायस्थ र एलिजा ठकुरीले संयुक्त रुपमा मिलेर रिगल व्युटी स्टेशन संचालनमा ल्याएका हुन । गत शनिवार उक्त स्टेशनको उद्घाटन गरिएको थियो । नेपाल महिला संघकी केन्द्रीय सदस्य भद्रा भण्डारीले ब्युटी स्टेशनको उद्घाटन गरेकी थिइन । 

 

व्युटी स्टेशनले सौन्दर्य सम्बन्धी सबै समस्या समाधान गर्ने संचालक बबिता मानन्धर कायस्थ बताउँछिन । उनी भन्छिन्, हामी सौन्दर्य सम्बन्धी कक्षा पनि संचालन गर्नेछौं । 

 

त्यस्तै बजारमा सौन्दर्य सम्बन्धी सेवा दिने राम्रो र उपयुक्त स्थानको अभावलाई परिपूर्ती गरी उत्कृट सेवा दिने उद्देश्य राखेर व्युटी स्टेशन संचालनमा ल्याएको अर्की संचालक एलिजा ठकुरीले बताइन् ।

 

सौन्दर्य सम्बन्धी कला सिकेर आत्मनिर्भर बन्न चाहने महिलालाई सिप सिकाएर रोजगारीको अवसर उपलब्ध गराउने ठकुरीको भनाई थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार