• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

विज्ञानका क्षेत्रमा बजेट थपेर काम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पुरा गर्न  वैज्ञानिकहरुलाई सघाउन आग्रह गरेका छन ।

 

सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिलाई आत्मसात गरी पुराना पाराले नभई आजको आधुनिक समाजअनुकूल उत्पादनसँग प्रविधिलाई जोडेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

 

उनले केही स्वार्थी तत्वले मुलुकको विकासभन्दा उपलब्धिलाई भत्काउन खोज्ने प्रयास गरिरहेको र आफूहरु त्यसमा नअलमलिने स्पस्ट पारे । विज्ञानका क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण दिनुपर्ने भएकाले सरकारले त्यो उपलब्ध गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन ।

 

कार्यक्रममा कक्षा १२ मा विज्ञान विषयमा उत्कृत अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । यसैगरी, विज्ञान विषयमा कलम चलाउने पत्रकार साइन्स इन्फोटेकका गोपाल भण्डारी र एबिसी टेलिभिजनका सन्तोषी अधिकारीलाई रु १५ हजार राशिको पुरस्कार प्रदान समेत गरिएको थियो ।   

 

नेपाल सरकारले  हरेक वर्ष असोज १ का दिन विज्ञान दिवस मनाउने निर्णय गरेको हो । समारोहमा समृद्ध नेपालको लक्ष्यअनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार