• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

मिस एशिया प्याशिफिक इन्टरनेशनल नेपाल २०१९ को उपाधि प्रतिष्ठालाई

काठमाडौं । गत शनिबार बौद्ध स्थित हायत रेजेन्सी होटेलमा “मिस एशिया प्याशिफिक इन्टरनेशनल नेपाल २०१९” को ग्राण्ड फिनाले सफलता पुर्वक सम्पन्न भयो । उक्त प्रतियोगितामा प्रतिष्ठा साख मुख्य उपाधिको ताज प्राप्त गर्न सफल भइन ।

त्यस्तै आश्रा श्रेष्ठले ट्यालेन्ट अवार्ड सहित मिस टुरिजम क्वीन इन्टरनेशनल नेपाल २०१९को ताज पहिरिन् र  अनिला लामाले मिस ग्लोबल ब्युटी क्वीन  इन्टरनेश्नल नेपाल २०१९ को उपाधिमा आफ्नो नाम दर्ता गरिन  । तीनैजना  सुन्दरीहरुले  आ आफ्नो प्रतियोगिताको अन्तरास्ट्रीय प्रतिस्प्रधामा नेपालको तर्फबाट सहभागिता जनाउने छन ।  ग्रुप अफ इभेन्ट इन्टरट्रेनर्सको आयोजनामा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी अनुप सक्सेनाले  गरेका थिए ।


 रोजिन शाक्यको ग्रुमिंग रहेको उक्त प्रतियोगितामा सन्दीपा बिष्टले बेस्ट फिगर तथा बेस्ट इन् गाउनको उपाधि एव राजश्री के सी पपुलर तथा फोटोजेनिक बिधामा बिजेता भइन ।

 

त्यस्तै आरजु के सी फ्रेन्डशिप र श्रीजिता देउजा पर्सनालिटी बिधामा छनौट भइन । सो प्रतियोगितामा  आईसी स्कुल अफ आर्ट एण्ड फेशनका बिधार्थी डिजाइनरहरुले तयार पारेका पहिरनमा सजिएर १२ जना सहभागी स्टेजमा प्रस्तुत भएका  थिए ।


प्रस्तुती: जयन सुब्बा मानन्धर 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार