• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

रेडियो नेपालमा धर्ना बसेका पत्रकार गिरफ्तार

काठमाडौं । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्वहाली तथा श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै सिंहदरबास्थित रेडियो नेपाल पुगेका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदीव जैशी, मिन बम, यम विरही छन् । लामो समय देखि कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कुवरको पुनर्वहालीको माग गर्दै आन्दोलनरत संचारकर्मीले तालाबन्दी गरेका हुन्।

 

नेपाल पत्रकार महासंघको नेतृत्वमा रेडियो नेपालको केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको हो । महासंघका कार्यवहाक अध्यक्ष बिपुल पोखरेलको नेतृत्वको समुहले पुनर्वहालीको लागि पटक पटक माग गर्दासमेत रेडियो व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि तालाबन्दी गरेको हो । उनीहरुलाई प्रहरीले नेपाल पुलिस क्लवमा राखेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार