• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

क्यान निर्वाचनको नयाँ मिति असोज १० र ११ गतेलाई सर्‍यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय निर्वाचन असोज १० र ११ गते गर्ने सहमति भएको छ । यसअघि असोज ३ र ४ गते गर्ने भनिएको निर्वाचन २१ दिने सूचना र छलफल बिना तय भएको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले असन्तुष्टि जनाएको थियो। 

 

सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र स्वतन्त्र कमिटीका प्रतिनिधिबीचको बैठकले क्यानको निर्वाचन मिति तय गरेको हो । बैठकले निर्वाचन सहज रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न पनि आग्रह गरेको छ । 

 

आईसीसीका ईमरान ख्वाजा र अमर शेख सहितको टोलीले सोमबार बिहान राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग छलफल गरेका थिए । सोही अनुसार बैठकले क्यानको केन्द्रिय निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादीत तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ ।

 

राखेप सदस्य सचिव सिलवालले दुवै पक्षको सहमतीमा केन्द्रिय निर्वाचनको मिति तय भएको बताए । ‘दुवै पक्षको मिति तय भएको छ । अब दुवै पक्षको प्रतिनिधि रहने गरि निर्वाचन समिति बन्छ ।’ सिलवालले भने, ‘दुवै पक्षको प्रतिनिधि राखेर निर्वाचन गराउने सहमती बनेको छ ।’

 

आइसिसीले नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै २०७३ साल वैशाख देखि क्यानलाई निलम्बनमा राखेको छ । क्यानको निर्वाचन भए अक्टोबर १३ मा हुने आइसिसीको वार्षिक बैठकमार्फत नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा हुने विश्वास गरिएको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार