• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

बालुवाटारमा नेकपा र कांग्रेस नेताहरुबीच दुई घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग दुई घण्टा छलफल गरेका छन् । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पनि उपस्थित थिए।

 

छलफलका क्रममा कांग्रेसो दोस्रो चरणको  जागरण अभियानका क्रममा बाँकेमा कांग्रेस नेता-कार्यकर्ता माथिको आक्रमण, विवादित विधेयक, भ्रष्टाचार र दसैंको पूर्वसन्ध्यामा बढेको महँगी लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

 

कांग्रेस सभापति देउवाको आग्रहमा बैठक भएको हो। बाँके घटना, नागरिकता लगायत विधेयकमा राष्ट्रिय सहमतिअनुसार अघि बढ्न प्रधानमन्त्रीसँग संवाद भयो,’ शर्माले भने, ‘बाँके घटनाका दोषीलाई तत्काल कारबाही सुरू गर्न र सहमति अनुसार नै विधेयक अघि बढाउन हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं ।’

 

प्रधानमन्त्री  ओलीले सोमबार प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने आफ्नो तयारी रहेपनि आइतबार नै छलफल भएकोमा खुसी व्यक्त गरेका थिए। प्रधानमन्त्रीले सबै विषयहरूमा समन्वय गरी अघि बढ्ने बताएको शर्माले जानकारी दिए । बैठकको सुरुमै हामीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्‍यौं र बैठक एकदम सौहार्दपूर्ण भयो ।

 

बैठकमा सरकारकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णस पौडेल उपस्थित थिए भने प्रतिपक्षी दलकातर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधी र विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सितादेवी यादव, सह-महामन्त्री प्रकाशशरण महत, संसदीय दलका नेता बालकृष्ण खाँण र पार्टीका नेता कृष्ण सिटौला उपस्थित थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार