• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

त्रिविलाई एमबिबिएस प्रवेश परीक्षा लिन सर्वोच्चद्वारा बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शिक्षा संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको एमबिबिएस प्रवेश परीक्षा सञ्चालन गर्न बाटो खुलाइदिएको छ।

 

आइतबार गत भदौ २० गते आफैंले जारी गरेको अन्तरकालीन आदेशलाई उट्याउँदै अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रवेश परिक्षा लिनका लागि बाटो खुला भएको हो । यसअघि, आइओएमले भदौ २१ र असोज ४ गतेका लागि तय गरिएको पाटनको एमबिबिएस प्रवेश परीक्षा तत्कालका लागि नगर्न सर्वोच्चले आदेश दिएको थियो।

 

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलाशले आइतबार परिक्षा रोक्दा विभिन्न शैक्षिक प्रतिष्ठानको शैक्षिक कार्यतालिका नै प्रभावित हुने भन्दै रिट जारी गर्न अस्वीकार गरेको हो । 

 

आयुश ओझाले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै भदौ २० गते सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले प्रवेश परीक्षा स्थगित गर्न आदेश दिएको थियो। ओझाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार