• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

पशुपति क्षेत्रका सम्पदा पुनः निर्माणमा टिआइ नेपालको अनुगमन 

काठमाडौं । भूकम्पले भत्किएका पशुपति क्षेत्रका सम्पदा पुनः निर्माणमा पारदर्शिताका बारेमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले स्थलगत अनुगमन गरेको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा टिआइ नेपालले ‘भूकम्पपछिको पुनः निर्माणमा सदाचार कार्यक्रम’ लागू गरेको छ । 

 

अनुगमनपछि टिआइ नेपालले पुनःनिर्माण हुने सम्पदा क्षेत्रमा सबैले देख्ने स्थानमा सूचना पाटी राख्न, पुरातात्विक सामग्रीको संरक्षण गर्न र सुरक्षा निकायको निगरानी बढाउने गरी व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई अनुरोध गरेको छ । कोषका निर्देशक भरत मरासिनीले पशुपति क्षेत्रका ९० सम्पदामा भूकम्पले क्षति गरेकामा हालसम्म ३२ को पुनःनिर्माण सकिएको जानकारी दिए ।  

 

भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी पुनःनिर्माणमा ढिलाइ भएको स्वीकार गर्नुहुँदै उनले शुरुमा दातालाई जिम्मा दिइएकामा काम नभएकाले हाल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बजेटमा कोषले नै गर्न लागेको बताए । पछिल्लो समय जीर्ण मन्दिरको दुई तला भत्काइसकेपछि भेटिएका तीन वटा नयाँ गजुरका कारण काम १० दिनदेखि रोकिएको छ । 

 

केही दिनमा सहजीकरण समितिको बैठक बसी फेरि काम शुरु गरिने कोषले जनाएको छ । अनुगमनमा टिआइ नेपालका वरिष्ठ अधिकृत सविता शर्मा, इञ्जिनीयर निरञ्ज बाँस्कोटा, काठमाडौँ हेर्ने अधिकृत शारदा नेपाली, पुरातत्व विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईलगायत सहभागी थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार