• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

बाँके घटनालाई लिएर प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध, बैठक भोलिसम्मलाई स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तरको अवरोधका कारण प्रतिनिभिसभाको बैठक भोलिसम्मलाई स्थगित भएको छ । बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्न संलग्न सबैलाई कारबाहीको प्रक्रिया सुरू नगरेसम्म सदन चल्न नदिने कांगेसको माग छ ।

 

आइतबार बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दुई पटकसम्म जवाफ दिए पनि चित्तबुझ्दो जवाफ नआएको र पीडितका तर्फबाट किटानी जाहेरी दिए पनि प्रहरीले नलिएको भन्दै कांग्रेसका सांसदले सदन चल्न नसक्ने बताएका थिए।

 

कांग्रेसको अवरोधका कारण सभामुख कृष्णबहादुर महराले सहमतिका लागि १० मिनेटलाई स्थगित गरेका थिए । झन्डै डेढ घण्टापछि बसेको दोस्रो बैठकमा पनि अवरोध कायम भएपछि सभामुख महराले बैठक भोलि दिउँसो तीन बजेसम्मलाई स्थगित गरेका हुन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार