• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुन :  जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुन जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै जीवनराम अध्यक्ष बनेका हुन् । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबार भएको विशेष साधारणसभाबाट जीवनराम दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्  ।

 

यस्तै जीवनरामकै प्यानलबाट महाचिवमा निलेन्द्रराज श्रेष्ठ पनि निर्वाचित भए । निलेन्द्रले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पछि पार्दै निर्वाचित भएका हुन् । निलेन्द्रले १५ मत प्राप्त गर्दा लाखेले १२ मत ल्याएका छन् । पाँच उपाध्यक्षमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिलकुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् ।

 

उपाध्यक्षमा उम्मेदवारी दिएका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित भए । समिमले १२ मत मात्र प्राप्त गरे समिमसँगै राजीब श्रेष्ठ र पुष्पदास श्रेष्ठ ११–११ मत ल्याएर पराजित भए ।

 

कोषाध्यक्षमा रतन टन्डन विजयी हुँदा उपमहासचिवमा पिताम्बर तिम्सिना निर्वाचित भएका छन् । सचिवमा दीपकहर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ र तुलसी थापा विजयी भएका छन् ।सदस्यमा दीर्घबहादुर केसी, रमेशकुमार शिवाकोटी, होमबहादुर दोङ, गोपाल सुन्दरलाल कक्षापति, प्रकाश सम्शेर राणा, राम अवाले र टासी घले विजयी भएका छन् । 

 

भदौ २० गते सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन आज भएको थियो ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार