• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

शुक्रबार र शनिवार ‘मनसुन फेशन परेड–३’ हुँदै

काठमाडौं । इभेन्ट बेटर ग्यालेक्सीको आयोजनामा ललितपुरको फर्पिङ रिसोर्टमा भदौ २७ र २८ अर्थात  शुक्रबार र शनिबार ‘मनसुन फेशन परेड–३’ आयोजना हुने भएको छ ।

 

फेशन शो सँगै डिजे पार्टी पनि रहने ‘मनसुन फेशन परेड–३’ मा पुल पार्टी सहित विभिन्न म्युजिकल प्रस्तुति रहने जनाइएको छ । कार्यक्रममा  रिसोर्टका स्विमिङ पुल साईटमा पुल पार्टी तथा आक्वा डान्ससँगै र्यापर गिरिस खतिवडाको प्रस्तुति दिनेछन् ।

 

यस्तै बुलेट फ्लो, मिनु चाम्लिङ, मालिका शाक्य, सोनिका रोकाय, प्रविणा श्रेष्ठको पनि विशेष प्रस्तुति रहने र साथै बेली डान्स, बलिउड डान्स पनि समावेश गरिने इभेन्ट बेटर ग्यालेक्सीका संचालक  धिरज तन्डुकारले जानकारी दिए ।

 

कार्यक्रममा  वाटर प्रुफ ड्रेस फेशन शो पनि आयोजना गरिनेछ भने  विशेष डिजाइनका फेशनको पनि तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार