• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

सन्नी लियोनीको अनुहारको भरमा चल्ला त 'पासवर्ड '

काठमाडौं । बलिउड नायिका सन्नी लियोनीलाई चलचित्र 'पासवर्ड' मा एउटा आइटम डान्स गराइएको छ तर उनको प्रचार भने चलचित्र नायिकाको सरह नै गरिएको देखिन्छ  । चलचित्रमा समावेश ‘आजको शाम’ बोलको गीतमा उनले ठुम्का लगाएकी छन् । यसका लागि उनले भारतीय २ करोड लिएको सुनिएको छ ।

 

भोली शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र हो 'पासवर्ड' । भारतीय चलचित्र 'जिस्म २' बाट बलिउड नगरी प्रवेश गरेकी सन्नी लियोनीलाई चलचित्रका निर्माण पक्षले मुम्बईबाट आइटम डान्सको लागी चलचित्रमा अफर गरेका थिए र सन्नीले सजिलै उनीहरुको अफर स्वीकारेकी थिइन ।  

 

द्धन्द्ध निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको चलचित्र पासवर्डमा अनुप बिक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रवीन्द्र झा, प्रवीण खतिवडा, लिसा सुनार लगायतका कलाकारहरुको अभिनय छ । तर अहिले चलचित्र प्रचारको लागी नेपाली कलाकाहरुको चर्चा भन्दा सन्नी लियोनी कै चर्चा बढि सुनिएको छ ।  

 

यती मात्र नभएर चलचित्रको रेडकार्पेट प्रिमियरमा सन्नीलाई मुम्बईबाट आमन्त्रण पनि गरियो । भलै चलचित्रमा सन्नी लियोनीको आइटम डान्स मात्र किन नहोस् । सन्नी अहिले चलचित्रको प्रिमियरमा आएकी छिन् र दुइ दिन उनी नेपाल बस्ने बताइएको छ । 

 

यता चलचित्रका कलाकार बिक्रम जोशी जो अहिले लण्डनमा छन् उनको पनि चलचित्रमा लगानी रहेको छ । साथै हिरल जोशी र अमित बस्नेत पनि चलचित्रका निर्माता हुन । चलचित्रमा निर्माताले सन्नीको अनुहार बिकाएर चलचित्र प्रचार गर्ने राम्रो फण्डा अपनाएको देखिन्छ । निर्माता तथा चलचित्रका कलाकार बिक्रम जोशीले त सन्नीसँग आइटम डान्स कम्मर समेत मर्काएका रहेछन् । यती भएपछि निर्माताको सन्नीसँग डान्स गर्ने धोको पक्कै पुरा भयो होला । 

 

चलचित्र चाहे जस्तोसुकै बनोस् तर बलिउड नायिका रख्यो भने चलचित्र चल्छ भन्ने निर्माण पक्षको बुझाई एकदमै गलत हो ।  बलिउड नायिका ल्याएर चलचित्र चलाउनु नराम्रो होइन तर चाहिने भन्दा बढि बलिउड कलाकारको प्रचार गर्नु त्यो राम्रो होइन कि । सन्नी लियोनीसँग नाच्न पाएर मक्ख भएक निर्माताले चलचित्रको व्यापार कस्तो हुने हो यो पनि सोच्ने हो की ?   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार