• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

सञ्चारिकाको २३ औं वार्षिक साधारण सभा सम्पन्न, चार पत्रकार पुरस्कृत

ललितपुर । सञ्चारिका समूह नेपालले संस्थाको २३ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा चार पत्रकारलाई पुरस्कृत गरेको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कृत पत्रकारहरुलाई शुभकामना दिँदै सभामुख महराले सशक्त र निष्पक्ष रुपमा समाजका कुराहरु लेख्न सुझाव समेत दिए ।

 

हिमाल खबर पत्रिकामा प्रकाशित ‘मातृमृत्यु नघट्नुको कारण गुणस्तरहीन ‘अक्सिटोसिन’ पनि’ फिचरको लागि पत्रकार रामु सापकोटा पुरस्कृत भएका हुन । सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

 

यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७५’ बाट सुष्मा बराइली र पार्वती थापामगर पुरस्कृत भएका हुन । पत्रकार सुष्मा बराइली हिमाल खबरपत्रिकामा र पार्वती थापामगर हिमालय टाइम्समा कार्यरत छन् ।

 

महिलालाई पेशामा थप उत्साह बढाउने  उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको सञ्चारिकाका अध्यक्ष नितु पण्डितको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार