• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

'विप्लव’ का छोरा प्रकाश सहित १५ जना विद्यार्थी छुटे

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द सहित पक्राउ परेका सबै विद्यार्थी बुधबार राति रिहा भएका छन् ।

 

शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द सहित १५ विद्यार्थीलाई पक्राउ गरिएको थियो ।

 

उनीहरूलाई आगामी सोमबार छलफलमा बस्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

 

कलेजले अवैध शुल्क असुल गरिरहेको भन्दै विद्यार्थी आन्दोलित भएपछि उनीसहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार