• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

नवलपरासीको दाउन्नेमा यात्रुबसमा आगजनी 

बुटवल । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ । 

 

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो । प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहले  गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको बताए । यात्रु सकुशल छन् । कसले के कारणले गाडीमा आगजनी गर्‍यो खुल्न सकेको छैन । 
 

डिएसपी शाहले घट्नावारे अनुसन्धान सुरु भइसकेको फ्रेसन्युज नेपाललाई जानकारी दिए । उनले घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको पनि जनाए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार