• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

रौतहटमा दुई पक्षबीच झडप, १ दर्जन प्रहरी घाइते

रौतहट । रौतहटको राजपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । राजपुर(६ स्थित कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा दुई पक्षबीच झडप भएको हो ।

 

झडपको क्रममा करिब १ दर्जन प्रहरी घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए  । स्थिति नियन्त्रण बाहिर जान नदिन प्रहरीले २९ राउन्ड अश्रुग्यास, एसएलआर र सटगन गोली चलाएको थियो । अहिले अवस्था समान्य भैसकेको समेत प्रहरीले जनाएको छ ।

 

छठ पूजा गर्न बनाइएको सिरिसोता भत्काइदिएपछि दुई समुदायबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

 

प्रत्येक बर्ष त्यस ठाउँमा मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ । हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार