• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘बाँचेकै छु जसो तसो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । इलाम सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण(कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको  गीतको म्युजिक भिडिओ सार्वजनिक भएकोको छ ।

 

संगीतकार  निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्री को स्वर रहेको छ । 

 

विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको  भिडिओमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपको अभिनय रहेको छ ।

 

किर्तिपुरको चोभार साथै दरबारमार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको  भिडिओमा युवराज वाइवाले भिडियोलाई निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । 

 

यस गीतको म्युजिक भिडिओलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल  लिला खतिवडा बाट सार्वजनिक गरेका छन् ।

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार