• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

एक अर्ब बढी लगानीमा हाउजिङ

झापा । झापाको बिर्तामोडमा रहेर लामो समयदेखि घरजग्गा यवसायमा सक्रिय शिवम हाउजिङले बिर्तामोडको दुईवटा वडामा सामुदायिक बसोवास (हाउजिङ) शुरु गरेको छ । सो कम्पनिले बिर्तामोडको – ४ र ६ मा घर निर्माण गर्न शुरु गरेको हो ।

 

बिर्तामोड नगरपालिका –४ मा १ बिगाहा १५ कठ्ठा ६ धुर जमिनमा २९ वटा घर निर्माण गर्न शुरु गरिएको जनाइएको छ । ‘२९ वटा घर र एउटा सामुदायिक भवन निर्माण हुनेछ, कार्यक्रममा हाउजिङका तर्फबाट एलिजा शिवाकोटीले भनिन्– ‘सबै घरमा बिजुली, टेलिफोन, खानेपानी, केवलका तारहरु अण्डरग्राउण्ड गरिनेछ ।’ त्यस हाउजिङलाई कम्पनिले सुगम कोलोनी नामाकरण गरेको जनाएको छ । पहिलो चरणमा १० वटा घर निर्माणको काम शुरु गरिएको उनले बताइन् । निर्माण सम्पन्न एउटा घरको न्यूनतम मुल्य ९९ लाख रुपैयाँ रहने जनाएको छ ।

 

त्यस्तै बिर्तामोड नगरपालिकाको –६ मा रहेको ५ बिगाहा ५ कठ्ठा जमिनमा ८० वटा घर निर्माणको काम शुरु गर्न लागिएको हाउजिङका निर्माणकर्ता निर्मल भट्टराईले बताए । उनले ८० वटा आधुनिक र सुविधासम्पन्न घरसँगै ४ वटा सामुदायिक भवन निर्माण गरिने जानकारी दिए । शिवम हाउजिङले बिर्तामोड नगरपालिकामा नगरवासीले गौरव गर्न लायक योजना अघि भट्टराई बताउँछन् । सामुदायिक भवनमा अत्याधुनिक स्मिङ पुल, जिम हाउस, लाइब्रेरी लगायत पार्टी प्यालेस समेतको सुविधा रहने बताइएको छ ।

 

हाउजिङले बिभिन्न खेलका लागि कवर्ड हल निर्माण गरिने ‘हरिहर कोलोनी’ का सञ्चालक तथा शिवम हाउजिङका प्रवन्ध निर्देशक सुदिप प्रसाईँले जानकारी दिए । एक अर्व रुपैयाँ भन्दा बढीको लगानीमा निर्माण हुने संरचनामा बिर्तामोडका युवा व्यवसायीको लगानी रहने बताइएको छ ।

 

हरेक घर साढे २ तलाको हुने जानकारी निर्माण पक्षले जानकारी दिएको छ । पर्याप्त पार्किङ सहितको सुरक्षित र सुविधासम्पन्न हाउजिङमा बसोबास गर्न यहाँका खरिदकर्ता अग्रसर हुने बिश्वास लिइएको अर्का सञ्चालक मनोज प्रसाईँले बताए । घोषण गरेका सबै सुविधा निर्मित संरचनामा रहने कम्पनीले जनाएको छ । बिर्तामोडमा ‘सानो संसार’ हाउजिङ निर्माण सम्पन्न हुने चरणमा रहेको छ । यो सँगै बिर्तामोडमा दुईवटा हाउजिङ कम्पनिले तीनवटा संरचना निर्माण गर्ने भएका छन् । कारोवार

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार