• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

अस्पताल परिसरमा लामखुट्टे नै लामखुट्टे

चितवन । चितवनलाई डेंगुले आक्रान्त बनाएको छ । जिल्लामा बुधबारसम्म ४ हजार ४ सय ४५ जनाको रगत परीक्षण गरिएको छ भने १ हजार ४ सय ६० जनामा डेंगुको संक्रमण भेटिएको छ । जिल्लाका सबै जसो अस्पतालमा थेगी नसक्नु ज्वरोका बिरामी छन् । 

 

डेंगु गराउने इडिस इजिप्टाई जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्न रुचाउँछ । एडिस एजिप्टाई लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फूल पार्छ । डेंगु नियन्त्रण गर्न फूल पार्न दिनु हुँदैन ।

 

डेंगु लागेपछि उपचार गराउन सबैभन्दा धेरै बिरामी आउने भरतपुर अस्पताल भने आफैं लामखुट्टे पाल्दै आएको छ । अस्पतालको आईसीयू ब्लक पछाडिको क्षेत्रमा डेंगु रोग सार्ने लामखुट्टेका लार्भा तथा प्युपा हुर्कने थलो बनेको छ । अस्पतालको फोहोर व्यवस्थापन गर्न बनाउन लागिएको सेग्रगेसन प्लान्ट निर्माण स्थल नै डेंगु उत्पादन हुने अवस्थामा छ ।

 

अस्पतालको यो क्षेत्रमा अस्पतालजन्य फोहोर असरल्ल फालिएका छन् । अस्पतालभित्र फोहोर छुट्याएर राखिए पनि बाहिर खुला आकाशमुनि एकै ठाउँमा फाल्ने गरिएको छ । अस्पतालमा हालसम्म फोहोर व्यवस्थापनका लागि कुनै प्रविधि नभएकाले संकलन गरी थुपार्ने र महानगरको फोहोर संकलन गर्ने गाडीलाई जिम्मा लगाउने गरेको छ ।

 

अस्पतालमा एक सयभन्दा बढी सरसफाइकर्मी छन् । उनीहरूलाई परिचालन गरेर अस्पताल परिसरकै खाल्डाखुल्डी पुर्न, पानी जम्न नदिन अस्पतालले ध्यान दिएको देखिँदैन । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु देखिएको थियो । विदेशी नागरिकमा देखिएको डेंगुको प्रमाणीकरण चितवनमा भएको हो । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार