• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

तामाङ जेल चलान

काठमाडौं । पूर्व राजदूत केशव झाको हत्या अभियोगमा पक्राउ परेका सानुकान्छा तामाङ जेल चलान भएका छन् ।  जिल्ला अदालत काठमाडौंले तामाङलाई पुर्पक्षका लागि बुधबार जेल चलानको आदेश दिएको हो । 

 

प्रहरीले तामाङलाई नै झाको हत्याका मुख्य अभियुक्त भएको बताउँदै आएको छ । प्रहरीका अनुसार ५० हजार रुपैयाँको लेनदेनका विषयमा कुरा नमिलेपछि हत्या गरेको दाबी गरेको छ ।  

 

जिल्ला अदालत काठमाडौंमा उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । तामाङलाई घटनालगत्तै तीन साता थुनामा राखेर प्रहरीले अनुसन्धान गर्दा पनि पर्याप्त प्रमाण फेला नपारेपछि छाडिदिएको थियो । अहिले पर्याप्त प्रमाण संकलन गरेर मुद्दा चलाइएको महानगरीय प्रहरी परीसर काठमाडौं एसएसपी उत्तमराज सुवेदीले बताए । 

 

झाको बबरमहलस्थित आफ्नै निवासको एकान्त कोठामा रहस्यमय तरिकाले हत्या गरेको आशंकामा प्रहरीले तामाङलाई दोस्रो पटक पक्राउ गरेको थियो । परिवारले तामाङविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई काभ्रेबाट पक्राउ गरेको थियो ।

 

एकवर्षअघि भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो । झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा चार र घाँटी छेउमा दुई पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार