• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

सरकारले संविधानलाई नै तोडमोड गर्न खोज्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले संविधानलाई नै तोडमोड गर्न खोजेको आरोप लगाएका छन् ।

 

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको तेस्रो वार्षिक साधारणसभाको आज गैँडाकोटमा उद्घाटन गर्दै उनले काङ्ग्रेस यसमा सतर्क रहेको बताए ।

 

महामन्त्री कोइरालाले भने, “तपाइँहरुको साथ र सहयोग रह्यो भने हामी संविधानलाई तोडमोड गर्न दिदैनौं । जननायक बिपी कोइरालाले २०१२ सालमा नेपालमा संविधानसभा मार्फत बनेको संविधान चाहिन्छ भन्ने प्रसङ्ग उल्लेख गर्दै उनले संविधानसभाबाट ल्याइएको संविधानलाई केरमेट हुन कांग्रेसले किमार्थ दिँदैन उनले भने ।

 

सो अवसरमा गैँडाकोट नगरपालिकाका प्रमुख छत्र पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेल, महासङ्घका सल्लाहकार प्रभाकर पण्डित, प्रा डा हरिहर पोखरेल, देवेन्द्ररत्न शाक्य लगायतले बोल्नु भएको थियो ।

 

महासङ्घका अध्यक्ष तिलाबहादुर जिसीको सभापतित्वमा भएको साधारणसभामा देशभरमा पार्टी प्यालेस सञ्चालन गरेका १५० जना सदस्य सहभागी बनेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार