• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

उप-निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उप-निर्वाचनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई  जिम्मेवारी दिएको छ । 

 

बुधबार बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव पौडेललाई जिम्मेवारी दिइएको जानकारी दिए।

 

निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । २०७४ सालमा निर्वाचन हुँदा बेग्लाबेग्लै दल रहेकोले नेकपा उपनिर्वाचनका लागि दर्ता गर्नुपरेको हो।नेकपाले उपनिर्वाचनको तयारी तिव्र पार्ने निर्णय पनि गरेको छ । पार्टीको सांगठनिक एकताको विषयमा भने अर्को बैठकमा टुंगो लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि बुधबार पहिलो पटक नेकपाको सचिवालय बैठक बसेको हो । त्यसबीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भाद्र ९ गते सचिवालय बैठक बसेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार