• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
साताको मोडल

मोडलिङ नै सबथोक 

साताको मोडल : उपाशना तिमल्सिना

काठमाडौं । क्याम्पियन कलेज बी बी ए मा अध्यनरत काठमाडौं, कलंकी निबासी १९ बर्षीय उपाशना तिमल्सिना अध्यन संगसगै मोडलिङमा पनि रमाइरहेकी छिन् ।  

 

मोडलिङमा  उनलाई  सानै देखिको रुची भएको हुँदा प्लस टु मा अध्यन गर्दा नै परिवर्तन इभेन्ट नेपालले आयोजना गरेको  'मिस एण्ड मिस्टर प्लस टु स्टार' मा उनी सहभागी भइन । उक्त प्याजेन्टमा बेस्ट ड्रेस एवं मोस्ट पपुलर दुईवटा सब-टाइटल उनले जितेकी थिइन । यो जितपछि उनमा अझ धेरै हौसला बढदै गयो ।  उनी बिस्तारै र्‍याम्प शो हरुमा सहभागी हुन थालिन् 

 

 

५ फिट ७ इन्च राम्रो हाइट भएकोले उपाशनालाई  त्यसपछि धेरै र्याम्प शोहरुको अफर आउन थाल्यो । र्‍याम्प मोडेलिङ एजेन्सीबाट धेरै र्याम्प शो, लंचिङ कार्यक्रम एव फेशन शुटहरु उनले गरिसकेकी छन् । यसका साथै उनले  निर्देशक सुरज सुब्बाको निर्देशनमा बनेको चलचित्र 'हृदय भरि' मा अन्य प्रोफेशनल मोडलहरुसँग रनवे मोडलको रुपमा काम गरिन ।  

 

 

यति ठुलो स्टेज लाइट एक्सनमा प्रस्तुत गर्न पाउँदा आफुलाई नै एउटा चर्चित सेलिबि्रटि जस्तो भएको महशसु हसन्छ, उनले भनिन् ।  उनमा अझ यस क्षेत्र प्रतिको मोह बढ्दै गएको छ । अलि चुजी भएकी उपाशनालाई अहिले धेरै र्‍याम्प शोहरुको अफर आएको छ तर उनीले अब यी सबै छनौट  गरेर मात्र गर्ने बताइन । किनकी उनी थोरै एव स्तरीय काम गर्न चाहन्छिन्  मोडेलिङ बाहेक नया  ठाउहरु घुम्न र प्रकिति बारे नया कुराहरु थाहा पाउन् रुची राख्ने उनको  भविष्यमा गएर एउटा सफल र्‍याम्प  मोडल बन्ने  लक्ष्य रहेको छ । 

 

तस्बिर : निर्मल मुल्मी श्रेष्ठ


मेकअप : जावारिया

 


प्रस्तुति : जयन सुब्बा मानन्धर 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार