• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

आँचललाई फकाउँदै नाजिर(भिडियो सहित)

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा नाच फिरिरिुबाट आफुलाई स्थापित बनाउन सफल गायक महेश काफ्लेको माया बिरानीु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जि २१ डिजिटलको प्रस्तुती  रहेको उक्त म्युजिक भिडियो जि २१ डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द र सङ्गीत रहेको गीतलाई उदय राज पौडेलले म्युजिक एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको छ । 

 

असिम शाहले निर्देशन गरेको उक्त भिडियोलाई हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् भने  लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।
 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार