• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

विप्लवका छोरा प्रकाश पक्राउ

चितवन । चितवन मेडिकल कलेजबाट नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश पक्राउ परेका छन् ।

 

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी गरिएको आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए। प्रकाश मेडिकल कलेज संघर्ष समितिका संयोजक हुन्।

 

आन्दोलनका कारण सेवा प्रभावित भएको भन्दै अस्पतालले प्रहरीलाई पत्राचार गरेपछि आन्दोलनरत विद्यार्थीलाई नियन्त्रणमा लिइएको चितवनका एसपी दानबहादुर मल्लले बताए।

 

यसअघि, मेडिकल कलेजले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको फिर्ता गर्ने सहमति गरे पनि फिर्ता नगरेपछि विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन्। अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार