• शुक्रबार ६-३-२०७६/Friday 09-20-2019
देश/प्रदेश

इञ्जिनीयर रोशनको बलात्कारको शिकार बनिन् १७ वर्षीय किशोरी

काठमाडौं । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

 

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्ती करणी गरेको आरोप लागेको छ”, उनले भने, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”

 

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार