• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

प्रधानमन्त्री ओली मुटु परीक्षणका लागि शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली बुधबार बिहान महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षणका लागि गएका छन् ।

 

सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री ओली थप स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका हुन्। सिंगापुरबाट उपचार गरेर शुक्रबार मात्रै फर्किएका ओली त्यसकै ‘फ्लोअप’का लागि अस्पताल गएको जनाइएको छ।

 

प्रधानमन्त्री ओली सिंगापुरबाट मिर्गौलाको उपचार गरेर फर्किएका थिए। उनको मिर्गौला १० वर्ष अघि प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्। उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। सिंगापुरमा उनको सात पटक प्लाज्माफेरेसिस गरिसकिएको छ ।

 

चार चरणमा एन्टी बडी निकालेर फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा कुनै पनि प्रतिक्रिया नदिए पनि उनकी निजी चिकित्सकले प्रधानमन्त्री स्वस्थ भएको बताइकी थिइन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार