• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

सहुलियत पसलमा विग मार्टकै मूल्य

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरिएका सहुलियत पसलमा विग मार्टकै मूल्य कायम गरिएको छ । उपभोक्तालाई राहत दिनका लागि सञ्चालन गरिएका सामानको मूल्य बजार मूल्य सरह नै रहको पाइएको छ ।

 

सहुलित पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ निर्धारण गरिएको छ । विगमार्टमा चिनी प्रतिकेजी ७२ रुपैयाँ छ । उपभोक्तालाई राहत दिनका लागि सञ्चालन गरेका पसलमा बजार मूल्य बराबरकै सामान राखिएको हुँदा उभपोक्तालाई कुनै राहत नमिलेको उपभोक्ताबादीको भनाई छ । ‘अन्य खाद्यान्न पनि बजार मूल्यकै हाराहारीमा सुपथ पसलमा राखिएको छ’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘सहुलियत दिने भनेर सरकारले कर्मकान्डी गर्ने काम गरेको छ ।’

 

सहुलियतका नाममा कम गुणस्तरका सामान विक्रि हुने गरेको उनको भनाई छ । सोमबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले एकीकृत सहुलियत पसलको उद्घाटन गदै बजारमा व्यवस्थित गर्नुका साथै उपभोक्ता नठगिउन भनेर सुपथ पसल सञ्चालन गरेको बताए ।

 

काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरिएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतका संयोजनमा साल्टट्रेडिङ्ग कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान ९डिडिसि०ले सहुलियतमा सामान उपलव्ध गराएका छन् ।

 

सहुलियत पसलमा मोटा चामल, प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच, खसीबोका प्रतिकेजीमा १० रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिएको मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन । डिडिसिले प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिनेछ

 

सुपथ पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ, नुन प्रतिकेजी १८ रुपैयाँ, जापानिज चामल प्रतिकेजी ६१, अरुवा जिरा मसिनो चामल, ५०, सोना मन्सुली चामल, ४२, बास्मति चामल, ७३, गोरखनाथ चामल ४८ र इन्डक्सन चुलो चार हजार रुपैयाँ मूल्य राखिएको छ । यस्तै घिउमा प्रतिकेजी ८ सय ५० कायम गरिएको छ । यस्तै कर्णालीको सिमी प्रतिकेजी एक सय २०,फापर ७० रुपैयाँ रहेको छ ।

 

चाडपर्वमा बजारमा अस्वभाविक मूल्य वृद्धि भई उपभोक्ता ठगिन सक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि सहुलियत पसल सञ्चालन गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।

 

कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन गरिएको मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन । डिडिसिले उपत्यकामा लैनचौर, न्यूरोड र खुमलटार र एकीकृत घुम्ती सेवामार्फत घिउ, पनिर विक्रि गर्ने भएको छ । यस्तै उपत्यका बाहिर विराटनगर, जनकपुर–ढल्केवर, जनकपुर हैटौडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी र बुटवलमा गरी ११ ठाउँमा विक्रि कक्ष राखिने छ ।

 

सरकारले सहुलियत पसल सञ्चालन गर्नका लागि गत वर्षदेखि बजेटमै रकमको व्यवस्था गदै आएको छ । यो वर्ष सहुलियत पसल सञ्चालन गर्नका लागि ३ करोड २५ लाख रुपैयाँ छुट्याएको मन्त्रालयले जानकारी दिएको छ । खाद्य संस्थानको लागि एक करोड ७५ लाख र साल्ट्र टे«डिङ्ग कर्पोरेशनको लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

 

चाडपर्वमा बजारमा किनमेल बढी हुने हुँदा बजारका कृत्रिम अभाव कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गदै आएको छ । चाडपर्वमा बजारका बढी चहलपहल हुने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गर्छन् । त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले सुपथ पसल सञ्चालन गर्न लागेको हो । सुपथ पसल छठसम्म सञ्चालन हुने छन् । कारोवार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार