• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

बिपीको विचारको अनुसरण गर्नु आवश्यक : वरिष्ठ नेता पौडेल

कास्की । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताएका छन् ।

 

पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा आज पोखरामा उनले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टी लगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताए ।

 

दुई तिहाइ मतसहितको सरकारले मतको सदुपयोग गरेर जनतामा उत्साह ल्याउन नसकेको उल्लेख गर्दै उनले भने, “अहिले देशनलमा निराशाको बादल छाएको छ । कम्युनिष्टको शासन हेरेर जनतामा असन्तोष फैलिएको छ । सरकार असफल भइसकेको छ ।” डेङ्गुले देशका अस्पताल भरिँदा समेत सरकारले विशेषज्ञ सहितको स्वास्थ्य सेवामार्फत रोग नियन्त्रण गर्ने काम गर्न नसकेको नेता पौडेलले उल्लेख गरे ।

 

बिपीको आचरण र विचारलाई बुझेर कार्यकर्ताले अनुसरण गर्नुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले भने, “वास्तवमा बिपीले ठूलो कुरा गर्नु भएन । सबै नेपाली समान र बराबर हुन् र दुनियाँमा कोही सानो ठूलो छैन भनेका थिए । उनको विचारको अनुसरण गर्नु आवश्यक छ ।” सो अवसरमा वरिष्ठ नेता पौडेलले वृक्षरोपण गरेका थिए । काङ्ग्रेसको दोस्रो चरणको जनजागरण अभियान असोज ७ गतेसम्म जारी रहनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार