• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

विश्वकप छनोट : नेपालको ऐतिहासिक जित

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेइलाई २–० ले हराएको छ । 

 

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो ।

 

ताइपे स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन दुवै गोल अन्जन विष्टले गरेका थिए । खेलको तेस्रो मिनेटमा हेड गोल गर्दै अन्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । रबी पासवानलाई लडाएपछि पाएको फ्रिकिकमा अन्जनले गोल गरेका हुन् ।

 

सुजल श्रेष्ठको फ्रिकिकमा अन्जनले हेड गोल गरेका थिए । आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध ७–० को हार बेहोरेको नेपालले जित हात पारेसँगै ठूलो राहत मिलेको छ । नेपालले पहिलो चरणको बाँकी २ खेल एक महिना पछि खेल्नेछ ।

 

नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डन विरुद्ध खेल्नेछ । ताइपेइको प्रतियोगितामा लगातार दोस्रो हार हो । यसअघि उसले जोर्डनसँग दुई एकको हार ब्यहोरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार