• शनिबार १-८-२०८१/Saturday 04-20-2024
प्रवास

भावी रणनीतिबारे बेलायतमा प्रेस युनियन र एनआरएनबीच बहस

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) युकेको आउँदो १४ सेप्टेम्बरमा हुन गईरहेको चुनाबको सरगर्मी र भावी रणनीति तथा योजनाबारे नेपाल प्रेस युनियनले वहस गरेको हो । 

नेपाल प्रेस युनियन बेलायत शाखाले आइतबार गरेको एक अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुले एनआरएनए र मिडियाहरुबीच समन्वयकारी र सदभावपूर्ण व्यवहार आवश्यक रहेको उल्लेख गरे । 

 

 प्रेस युनियन बेलायत शाखाका अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएन युकेकी बर्तमान महिला संयोजक तथा आगामी २०१९ -२०२१ को लागि अन्तरास्ट्रिय परिषद (आइसीसी)सदस्य उम्मेदवार लिलादेबी गुरुङ, अन्य आइसीसीका उम्मेदवारहरु अर्जुन कटुवाल, सुरज मास्के र राजन खकुरेलले आफ्नो उम्मेद्वारी र संचारमाध्यमहरुको भूमिकाबारे आफ्ना धारणा राखेका थिए । 

 

 त्यसैगरी एनआरएन युके महासचिबका उम्मेदवार फडिन्द्र भट्टरार्इ, सचिव पदका उम्मेदवार जीत रानाभाट र कोषाध्यक्ष पदका उम्मेदवार तिलक भट्टरार्इले आफ्नो  उम्मेदवारीको औचित्य र आफ्ना कार्ययोजनाबारे बोल्दै प्रेस स्वतन्त्रताको सँधै सम्मान गर्ने औंल्याए । 


 
नबगठित एनआरएन इङ्गल्याण्ड राज्य परिषदको लागि अध्यक्ष पदका उम्मेदवार दिपक श्रेष्ठ, परिषदकै कोषाध्यक्ष पदका उम्मेदवार पुण्य रेग्मी र सदस्य पदका उम्मेदवार लाल बहादुर गुरुङले पनि आफ्नो उम्मेद्वारीबारे प्रष्ट पार्दै संचारमाध्यमहरुले आफूहरुलाई बाटो देखाउनुपर्ने बताए । 

 

युनियन बेलायतका उपाध्यक्ष्य तथा कार्यक्रम संयोजक खेमराज रानाभाटले संचालन गरेको कार्यक्रममा युनियनकै केन्द्रिय प्रतिनिधि एबम एनआरएन युकेका उपमहासचिव बिनय अधिकारीले एनआरएन र प्रेस बिचको यस्तो सहकार्य र अन्तरक्रियाले उम्मेदवारका कुरालाई प्रेस मार्फत मतदातासम्म पुर्याउन सहयोग पुग्ने बताए ।

 

नेपाली जनसम्पर्क समिति बेलायतका केन्द्रिय महामन्त्री सूर्य तामाङ, सहमहामन्त्री उपेन पौडेल, ग्रीनवीच भुतपुर्ब गोर्खा सैनिकहरुको संगठन जिगेसोका महासचिब हरि मल्ल लगायतले उम्मेदवारहरुलाई सुझाव दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार