घट्यो सुनचाँदीको भाउ
काठमाडौं । आज मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ ।
हिजो (सोमबार) प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज भने ७ सय रुपैयाँ घट्दै ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियो भने आज ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस