• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

ओली र मोदीले 'स्वीच' थिच्दै गरे  पेट्रोलियम पाइपलाइन उद्घाटन, ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

तस्बिर: प्रधानमन्त्री ओलीको सचिवालय।

काठमाडौं ।  नेपाल र भारतबीच मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको आज दुई देशका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट स्वीच थिच्दै उद्घाटन गरेका छन् ।

 

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्ने छन् । उद्घाटन कार्यक्रम आज मध्यान्ह सवा १२ बजेका लागि तय गरिएको छ। उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ भित्रने छ। पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ।

 

सोही अवसरमा  प्रधानमन्त्री ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको उल्लेख गरे । ‘दुई देशबीचको सम्बन्ध यति गहन छ कि सहकार्यको कुनै क्षेत्र पनि छाडिएको छैन,’ प्रधानमन्त्रीले भने ।

 

उनले सोही अवसरमा प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । ‘विकासको दृष्टिकोणमा भारत र मेरो विचार मिल्छ । मोदीसँग हातमा हात मिलाएर अघि बढाउन तयार छु । यही भिडियो सम्बोधन मार्फत नै मोदीलाई नेपालको भ्रमणको निम्तो दिन चाहन्छु ।’

 

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकता अनुसार विकासमा सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे। उनले बितेका केही वर्षमा दुई देशबीच नियमित सम्पर्क भइरहेको कन्र्फैन्स मार्फत बताए । ‘‘बितेका डेढ वर्षमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र म चार पटक भेटिसकेका छौं,” ’उनले भने, ‘‘विकासको लागि हाम्रो साझेदारी सक्रिय बनाउनको लागि नयाँ क्षेत्रमा सहयोग बढाउन हामीले नयाँ अवसरको लाभ उठाएका छौं । 

 

उनले पछिल्लो पाँच वर्षमा धेरै परियोजना सम्पन्न भएको भन्दै पशुपति धर्माशाला, आईसीपी बिरगञ्ज उद्घाटन र मोतिहारी–अमलेखञ्ज पाइपलाइनका उदाहरण प्रस्तुत गरे । ‘यो पाइपलाइनबाट एक वर्षमा २० लाख मेट्रिक टन प्रशोति पेट्रोलियम पदार्थ उपयुक्त मूल्यमा नेपालका आम नागरिकले प्राप्त गर्छन्,’ उनले भने, ‘अहिले यो परियोजना प्रयोगमा आएपछि भएको वचत रकम कटौतीको जुन काम गरेको छ । त्यसबाट यो काम नेपालका सामान्य नागरिकको भलाईको लागि भएको मान्न सकिन्छ । यसमा सहभागी हुन पाउँदा खुसी छौँ ।’

 

उनले गोरखा र नुवाकोटको ५० हजार घरको उद्घाटनमा सहभागी हुने चाहना व्यक्त गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन परियोजनाको शिलान्याश गरेका थिए। परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ ९नेपाली रुपैयाँ करीब चार अर्ब ४० करोड रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार