• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । 

 

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर दुईरदुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । 

 

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्र्याउँदै छ । पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।


 नेपालतर्फको पाइपलाइनको  ३७.५ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार