• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट (प्रतिनिधिहरुको नामावली सहित) 

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट शुरु हुँदैछ । वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका अवसरमा प्रारम्भ हुने हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियानको कार्यक्रम अन्तर्गत कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले विभिन्न जिल्लामा सम्बोधन गर्ने भएका छन्। 

 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारले सुनसरीमा सम्बोधन गर्नेछन् ।

 

त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की, उपसभापति विमलेन्द्र निधिले धनुषा, महामन्त्री डा. शशांक कोइरालाले मकवानपुर, अर्का महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार