• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

फिफा विश्वकप छनोट : आज ताइपेइ विरुद्व नेपालको खेल

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले ताईपे मुन्सिपालिटी स्टेडियममा नेपाली समय अनुसार आज ४ः५५ मा आफ्नो दोस्रो खेल खेल्दैछ ।

 

पहिलो खेलमा कुवेतसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेल चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले हालै भएको मैत्रीपूर्ण खेलमा पनि ताइपेईसँग १–१ गोलको बराबरी खेलेकाले मंगलबारको खेललाई अलि सहजरुपमा लिएको छ ।

 

नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले ताइपेईसँग मैत्रीपूर्ण खेलमा गरेको प्रदर्शनलाई निरन्तरता दिन सके जित टाढा नभएको बताएका छन् । ‘गत जुनको प्रर्दशन दोहर्याउन आतुर छौ ।’ उनले थपे, ‘सबैभन्दा महत्वपुर्ण कुरा भनेको हामी फुटबल खेल्न आएका हौ । उत्कृष्ट फुटबल पस्किने छौ ।’

 

नेपाली टिमका कप्तान किरण चेम्जोङ समेत ताइपेविरुद्व खेलका लागि आफुहरु खेल्न तयार रहेको बताएका छन् । उनले राम्रो तयारी गर्न नपाएपनि घरेलु टोलीविरुद्व मैदान उत्रन आफुहरु आतुर रहेको उल्लेख गरे । फिफा वरियतामा नेपाल भन्दा ताईपे माथि छ । चाईनिज ताईपे वरियताको १ सय २५ औ स्थानमा छ । नेपाल १ सय ६६ औ स्थानमा छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार