• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

एमाले नेता गौतमलाई डेंगुको आशंका 

काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई  डेंगु लागेको आशंका गरिएको छ ।  

 

सोमबारबाट ज्वरो आएको गौतमले टेकु अस्पतालमा आफनो स्वास्थ्य परीक्षण गराएका थिए ।  चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्।

 

केही समयअघि सिंगापुर गएका गौतमलाई त्यही संक्रमण भएको हुन सक्ने  चिकित्सकले अनुमान गरेका छन् । 

 

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार