• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

नागभुषण महादेव मन्दिर स्तरोन्नतीको लागी जनता बैकंको आर्थिक सहयोग

काठमाडौं । जनता बैकंले नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरेको छ ।

 

बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष श्री सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष श्रीमती विष्णु कुमारी सिंखडालाई आज उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।


 ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक श्री नागभुषण महादेव मन्दिर र करिव २ सय जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको हो ।


जनता बैंकले हाल मुलुकभरमा १४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंग इकाई मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार