डेढ किलो सुन सहित विमानस्थलबाट तीन पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो सुन सहित तीनजना पक्राउ परेका छन् ।
भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले हिमालय एयरलाइन्समा कतारबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई सुनसहित पक्राउ गरेको हो ।
गुरुङले मसला पिँध्ने ओखलमा लुकाएर ल्याएको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
सुन लिन बिमानस्थल पुुगेका मोरङ पथरीका अनिल लुइँटेल र भोजराज घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ। नियन्त्रणमा लिएका तीनै जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिकृया दिनुहोस