• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा घाइते, बि एण्ड बी मा उपचार हुँदै

पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छन्।

 

पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको जनाइएको । 

 

‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेको हो, अवस्था सामान्य छ।’

 

बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी यमीको बि एण्ड बी अस्पतालमा उपचार भइरहेको पोखरेलले जानकारी दिए।  उनको अवस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको निगरानीमा रहेर डिस्चार्ज हुने पोखरेलले बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार