• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

दक्षिण कोरियामा किन शुरु भयो #No Bra अभियान

कोरिया । दक्षिण कोरियामा महिलाहरू भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्। ब्रा नलगाउन चलाइएको #No Bra अभियान सामाजिक सञ्जालमा व्यापक भएको छ ।

 

सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन्।

 

दक्षिण कोरियामा उनी धेरैका लागि ब्रा नलगाउने अभियानको प्रतीक बनेकी छन्। अनि दक्षिण कोरियाली महिलाहरूले एउटा स्पष्ट सन्देश दिइरहेका छन्स् ब्रा लगाउनु वा नलगाउनु 'व्यक्तिगत स्वतन्त्रता' को विषय हो।

 

ब्रा नलगाउने अभियान
समर्थन जनाइएका केही सन्देश पाए पनि उनले कतिपय महिला र पुरुषबाट आलोचना खेपिरहेकी छन्। धेरैले उनलाई सामाजिक सञ्जालमा अरूको ूध्यानाकृष्ट गर्न चाहनेू व्यक्तिको रूपमा चित्रित गर्दै जानीजानी उनले उत्तेजना निम्त्याएको आरोप लगाएका छन्। महिला अभियानलाई आफ्नो ख्यातिका लागि उनले प्रयोग गरेको केही मानिसको भनाइ छ।

 

'म बुझ्छु कि ब्रा लगाउनु तपाईँको इच्छाको कुरा हो। तर आफ्नो स्तन उठेको देखियोस् भनेर उनी सधैँ कसिएको कमिज लगाएर तस्बिर खिच्न लगाउँछिन् । उनले त्यसो गर्नु नहुने हो,' इन्स्टाग्राममा एकजना प्रयोगकर्ताले टिप्पणी गरेका छन्।

 

'तपाईँले ब्रा नलगाएकोमा हामी केही भन्दैनौँ। हामीले यति भनिरहेका छौँ कि तपाईँले आफ्ना स्तनको मुख देखाउनुहुँदैन,' अर्का प्रयोगकर्ताले लेखेका छन्।

 

'लाज मान्नुपर्छ। के तिमी यसरी गिर्जाघर जान सक्छ्यौरु के यसरी नै आफ्ना दिदीबहिनीका श्रीमान्‌लाई वा सासुससुरालाई भेट्न सक्छ्यौ ?' र 'पुरुषहरूले मात्रै होइन महिलाले पनि यस्तो अवस्थामा असहज महसुस गर्छन्' अरू प्रयोगकर्ताहरूले पोस्ट गरेका छन् ।

 

ह्वासा नामले चिनिने अर्की चर्चित गायिकाले पनि आफ्ना तस्बिर हालेर ३ल्यद्यचब अभियानलाई फेरि चर्चामा ल्याइन्।

 

स्वतन्त्रता
हङ्‌कङमा साङ्गीतिक कार्यक्रम गरी सोल फर्कँदा ब्रा नलगाई सेतो टीशर्टमा खिचिएको उनका तस्बिर र भिडिओ भाइरल भए। तर त्यसयता सर्वसाधारंण महिलाबीच पनि  'नो ब्रा' अभियान लोकप्रिय भएको छ र यसलाई महत्त्वपूर्ण मानिएको छ।

 

दक्षिण कोरियामा महिलाहरूले आफ्नो रुचिमा स्वतन्त्रता खोजेको यो पहिलो घटना होइन। सन् २०१८ मा 'इस्केप द कोर्सेट' अभियान लोकप्रिय भएको थियो। सो अभियानअन्तर्गत धेरै महिलाहरूले कपाल मुण्डन गराए र शृङ्गार गरेनन्। विद्रोहको सङ्केतका रूपमा उनीहरूले सामाजिक सञ्जालमा तस्बिर प्रेषित गरे।

 

इस्केप द कोर्सेटुको नारा अवास्तविक सौन्दर्यको मापदण्डको विरोधमा आएको थियो जसले महिलाहरूलाई शृङ्गार गर्न र छालाको स्याहार गर्न घण्टौँ बिताउन बाध्य पार्छ।

 

बीबीसीसँग कुरा गरेका धेरै महिलाले यी दुई अभियानबीच महत्त्वपूर्ण सम्बन्ध रहेको र सामाजिक सञ्जालमा जसरी फैलिरहेको छ त्यसले एउटा नयाँ सक्रियतालाई सङ्केत गरेको बताएका छन्।

 

'गेज रेप'

पछिल्ला वर्षहरूमा दक्षिण कोरियाली महिलाहरूले पितृसत्तात्मक संस्कार, यौन हिंसा र शौचालय तथा अन्य सार्वजनिक स्थलमा पुरुषहरूले राख्ने 'जासुसी क्यामेरा' ले निम्त्याएका अपराधहरूको विरोधमा उभिँदै आएका छन्।

 

सन् २०१८ मा महिलाहरूद्वारा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको थियो जब महिलाहरू सोलका सडकमा निस्केर दशौँ हजार महिलाले जासुसी क्यामेरा राख्ने कार्यविरुद्ध कदम चाल्न आह्वान गरे। बीबीसीसँग कुरा गरेका केही महिलाले अहिले आफूहरू दोधारको अवस्थामा रहेको बताएका छन्।

 

उनीहरू ब्रा नलगाउने अभियानलाई समर्थन गर्छन्, तर ब्रा नलगाई सार्वजनिक स्थलमा जाने आत्मविश्वास उनीहरूमा छैन। त्यसको एउटा ठूलो कारण भनेको उनीहरूमा 'गेज रेप' को भय छ।

 

दक्षिण कोरियामा कसैलाई धेरै हेर्दा यदि उसले आफू हिंसामा परेको महसुस गर्छ भने त्यस्तो हेराइलाई 'गेज रेप' भन्ने गरिएको छ। अट्ठाइस वर्षीया जियोङ सियोङ इन सन् २०१४ मा निर्मित 'नो ब्राब्लेम' नामक वृत्तचित्र निर्माण समूहकी सदस्य थिइन्। उक्त वृत्तचित्र ब्रा नलगाउने महिलाहरूको अनुभवका बारेमा थियो।

 

विश्वविद्यालयका आफ्ना साथीहरूलाई त्यो वृत्तचित्र बनाउन आफूले पहल गरेको र त्यसमा उनले प्रश्न गर्न थालिन्, 'ब्रा लगाउनु स्वाभाविक हो भन्ने कुरा तपाईँलाई किन लाग्छ ?'

 

मान्यता
यो विषयमा धेरै महिलाहरूले सार्वजनिक रूपमा बहस गर्न थालेकोमा उनी राम्रो महसुस गर्छिन्। अझै केही महिलाहरूलाई स्तनको मुख टीशर्टबाट देखिँदा 'लज्जित महशुस' गर्ने गरेको उनलाई लाग्छ।

 

'उनीहरूलाई थाहा छ कि दक्षिण कोरियामा ब्रा लगाउनुलाई अझै स्वाभाविक मानिन्छ र त्यही भएर उनीहरू ब्रा लगाउँछन्,' उनी भन्छिन्।

 

चौबीस वर्षीया पार्क आई सिउल मोडल हुन् । उनी शरीरबारे सकारात्मक सोच्नुपर्ने अभियानमा संलग्न छिन्। गत वर्ष उनले तीन दिन ब्रा नलगाएर राजधानी सोल जाने र त्यसको भिडिओ बनाउने निधो गरिन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार