• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
शिक्षा

आदर्शले जन्माएको 'आशा' ले गर्‍यो साधारणसभा 

शर्मिला तिमल्सिना, काठमाडौं ।  धादिङ जिल्ला कै पहिलो र पुरानो आदर्श माध्यामिक बिद्यालय गजुरीका पूर्व बिधार्थीहरुको संस्था श्री आदर्श स्कुल्स स्टुडेन्ट्स एल्मुनाई (आशा) ले पहिलो बार्षिक साधारण सभा शनिवार एडमार्क एकेडेमी कलंकीमा सम्पन्न गरेको छ ।

 

आशाका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि तथा बिद्यालयका संस्थापक प्रधानाध्यापक ठाकुर प्रसाद शर्माले खेतको आलीको डिलमा राखेर बिधार्थीलाई पढाउदा असहज भएकोले आफु लगायत गजुरीबासीको सहयोगमा भवन निर्माण गरी जंगलमा गएर कट्टुसको स्याउला ल्याएर बिद्यालय निर्णाण गरीएको बताए । आफ्नो बिगतका कुरा सुनाउदै शर्माले त्यति बेला का तिता मिठा अनुभव साटासट गरे ।

 

बिधार्थीलाई पढाएको स्मरण गराउदै उनले बालुवा, गिट्टी ,ढुंगा बेच्न पल्केको समाजको अगाडी आफ्नो बिधार्थीले सामाजिक कार्यमा दत्तचित्त भएर लागेको देख्दा छाती नाङ्लो जत्रो भएको र बिधार्थीको अनुहार हेरेर आफै दंग परेको बताए । कार्यक्रममा शिक्षाविद् सदानन्द कँडेलले देश बिदेशको उदाहरण दिइ बिद्यालय ,शिक्षक,बिद्यार्थीको सम्बन्ध र आदर्शले जन्माएका बिधार्थी बिशिष्ट ठाउँमा पुगेको रेकर्ड  प्रस्तुत गरेका थिए ।  

 

 २०७५ सालको एसइइ पास हुने किशोर खतिवडा र  २०७५ कै  प्लस टुमा उत्कृष्ट अंक ल्याई  उत्रिणा हुने  मनिषा सापकोटालाई सम्मान गरिएको थियो  । एडमार्क कलेज कलंकीमा गरिएको उक्त कार्यक्रममा कलेजका तर्फबाट पुर्ण छात्रबृत्ति दिने कुरा कलेजका प्रार्चाय शिव प्रसाद अधिकारीले बताए । 

 

साधारण सभामा नयाँ कार्यसमिति सर्बसहमतिले चयन गरिएको थियो। आशाको अध्यक्षमा पुनः किरण श्रेष्ठ निर्वाचित भए भने प्रथम उपाध्यक्षमा उमाकान्त थयलिया ,दितीय उमेश प्रसाद लामिछाने ,महासचिब राजेन्द्र बराल, उप-महासचिब राजेन्द्र भण्डारी, सचिव देवकी तिमल्सिना र राम प्रसाद पण्डित, कोषाध्यक्ष्य अजय श्रेष्ठ, सह-कोषाध्यक्ष्य टिका भुजेल सदस्यहरुमा सिता श्रेष्ठ, इश्वर प्रसाद खरेल (अतीत लेकाली), नारायण जम्कटेल ,शान्ती रिजाल, खेम राज भण्डारी, विनय पाठक,कृष्ण प्रसाद भण्डारी, मिनु श्रेष्ठ, सरिता उप्रेती, सन्देश दुवाडी,शिव श्रेष्ठ चुनिएका छन् । नवनियुक्त पदाधिकारीलाई निर्वाचन समितिका अध्यक्ष बरिष्ठ अधिवक्ता इन्द्र खरेलले प्रमाणपत्र बितरण र सपथ ग्रहण गराएका थिए ।

 

 

नवनियुक्त अध्यक्ष श्रेष्ठले २०७४ मा स्थापना भएको आशाले बिगतमा पनि सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि शिक्षा,स्वास्थ्य,वातावरण जस्ता कुरामा सबैसँग सहकार्य गरेर अगाडी बढ्ने जनाए । महासचिव राजेन्द्र बरालले निस्वार्थ भावनाले सबै टिम लगायत पूर्व बिधाथीहरु,गुरुहरुसँग सहकार्य गर्दै अधि बढ्ने उनको भनाई थियो । आशाले आदर्श मा .वि को उज्वल भविष्यका लागि कामना गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार