• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

बङ्गलादेशसँग नेपाल पराजित, सेमिफाइनल यात्रा समाप्त

काठमाडौं । नेपाल श्रीलंकामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा आइतबार बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल एक खेल खेल्नुअघि नै बाहिरिएको हो ।

 

कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धा्रित ५० ओभरको खेलमा आठ विकेट गुमाउँदै २६१ रन बनायो । दुई सय ६२ रनको विजय लक्ष्य बङ्गलादेशले चार बल बाँकी छँदै चार विकेट गुमाएर पूरा ग¥यो । बङ्गलादेशको जितमा कप्तान  अकबर अलीले अविजित रहँदै ९८ रनको योगदान दिए । प्लेयर अफ दी म्याच अलीले ८२ बल खेल्दै १४ चौका प्रहार गरे । यस्तै तौवहिद हृदोयले ६०, सामिम हुसेनले अविजित ४२ र मोहमुदुल हसन जोयले ४० रन बनाएका थिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६१ रनको बनाएको थियो । नेपालका लागि सन्दीप जोरा र पवन सराफले अर्धशतक बनाए । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । ३७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका सन्दीप ५६ रन बनाउँदै तानजिम हसनको बलमा क्याच भए ।

 

यस्तै बलिङतर्फ नेपालका लागि कमलसिंह ऐरीले दुई तथा हरिबहादुर चौहान र राशिद खानले एक÷एक विकेट लिए । बंगलादेशका तानजिम हसन र मोहम्मद साहिनले २–२ विकेट लिए ।  रकिबल हुसेन, मोहम्मद मृत्युन्जय र मिनहजुर रहमानको नाममा १–१ विकेट रह्यो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार