• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

दीक्षित प्रतिभाहरुलाई स्वदेशमै रही योगदान गर्न राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  विद्या भूषण पदक तथा नेपाल छात्रा विद्या पदक वितरण समारोहलाई सम्बोधन गर्दै  ज्ञान र सीपलाई समृद्ध नेपालको आकांक्षा साकार पार्न उपयोगी हुने विश्वास व्यक्त गरेकी छन ।


४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा  विभिन्न विद्या पदक वितरण गरेको हो ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार यो वर्ष कूल ३७४ जनाले पदक प्राप्त गरेका छन् ।

 


नेपालमा विसं २०३१ देखि शिक्षा दिवस मनाउन थालिएको हो ।

 


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दीक्षित प्रतिभाहरुलाई स्वदेशमै रही योगदान गर्ने वातावरण सिर्जना गरिरहेको बताउँदै यसै वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार