• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

भष्ट्रचारको भण्डाफोर गर्दै वी.पी जयन्ती मनाउने तरुणदलको तयारी

काठमाडौं । नेपाल तरुणदल केन्द्रीय कार्यलयले देश भर १०६ औं वि।पि जयन्ती भव्यरुपमा मनाउन सबैलाई निर्देशन दिएको छ ।

 

आफ्ना सबै जिल्ला कमिटि तथा विदेश साखा समितिलाई १०६ औं विपि जयन्तीको अवसरमा देशभर भव्यरुपमा मनाउनको लागि सम्पुर्ण कमिटीका अध्यक्षहरुलाई परिपत्र पठाएको  तरुण दलका महासचिव भुपेन्द्र जंग शाहिले जानकारी दिएका छन ।


 “भष्ट्रचार मुक्त नेपाल–सुसासन युक्त नेपाल” भन्ने  नाराका साथ सञ्चाल भईरहेको अभियान अन्र्तगत सम्पूर्ण जिल्ला, नगर, गाँउ, वडा सबै ठाँउमा देखिएको चरम भष्ट्रचारको विरोध गर्दै भण्डाफोर अभियान समेत सञ्चालन गर्न आदेश दिएको छ ।

 

तरुण दलले भाद्र २४ गते वी.पी जयन्तीमा वृक्षरोपण, फलफुल वितरण, सरसफाई लगायतका  विभिन्न कार्यक्रम गर्न भनी सम्पूर्ण जिल्ला समितिलाई निर्देशन समेत दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार